७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

तामाकोसी नदी जतिसुक्कै बेला पनि विस्फोट हुन सक्ने, सतर्क रहन आग्रह



काठमाडौं । तिब्बतमा पहिरो जाँदा तामाकोसी नदी थुनिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति पौने १० बजे सूचना जारी गर्दै जतिसुकैबेला तामाकोसी नदी विस्फोट हुनसक्ने चेतावनी दिएको छ । उसले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजगता अपनाइ सुरक्षित स्थानमा रहन समेत आग्रह गरेको छ ।

प्रशासनले नेपाल–चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गछिया शहर र सो आसपासमा भारी वर्षा भएर पहिरो आउँदा नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको जनाएको छ । तामाकोसीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुनसक्ने देखिएकाले सम्पूर्ण स्थानीयलाई सजक रहन र खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !