६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

अमेरिकाको एफ-३५ र एफ-२२ भन्दा खतरनाक चीनको जे-२० विमान पीएलएको युनिटमा समावेश



काठमाडौं : चिनियाँ पीपुल्स लिबरेशन आर्मीको वायुसेनाले देशको सबैभन्दा उन्नत लडाकू विमान जे २० लाई आफ्नो एकाईमा समावेश गरेको छ । पीएलएको एकाईले शुक्रबार पूर्वोत्तर चीनमा सो नयाँ युद्धक विमानलाई आफ्नो एकाईमा समावेस गरेको हो । जे ७ घरेलु रूपमा विकसित ईन्जिनहरूले सुसज्जित रहेको चिनियाँ पर्यवेक्षकहरूले बताएका छन् । शुक्रवार, जे-२० विमानले पीएलए एयरफोर्सको कार्यक्रममा जे-१६ र जे-१० एस लगायतका लडाकु जेटहरूको साथसाथै हवाई प्रदर्शन गरिएको चिनियाँ समाचार संस्था सीसीटिभीले जनाएको छ ।

जे-२० विमान अमेरिकी एफ-३५ अमेरिकाको एफ-३५ र एफ-२२ भन्दा खतरनाक रहेको सैन्य मामिलाका जानकारहरु बताउँछन् । यो विमानले दुश्मनको विमानलाई सोझै झार्न सक्ने क्षमता राख्ने सीसीटिभीको दाबी छ । यो अघि अमेरिकी सेनाका कमाण्डरहरुले जे-२० ले अमेरिकासहित नेटोलाई जसनसक्कै युद्धमा हराउन सक्ने क्षमताको रहेको बताएका थिए । चीनको बढ्दो सैन्य क्षमताले अमेरिकालगायतका पश्चिमा देशहरु आतंकित बनिरहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय