Sunday, March 16, 2025

ट्रेन्डिङ :

दार्चुलामा बाढीको जोखिम, महाकालीले खोतीला कटान गर्दै

spot_img
spot_img

दार्चुला । महाकाली नदीले धारचुलाको खोतीला पहिरो कटान गर्न थालेको छ । चार दिनदेखिको वर्षाका कारण महाकालीमा पानीको जलस्तर बढेसँगै बंगाबगड पारीको क्षेत्र धारचुलाको खोतीला पहिरो नदीले कटान गर्न थालेको हो ।

खोतीलामा २०७३ साल असोजमा आएको सुख्खा पहिरो नदीले कटान गर्न थालेपछि दार्चुला सदरमुकाम खलङ्गाको तटबन्ध र बजार क्षेत्रमा जोखिम बढेको छ । पहिरो कटान हुन थालेपछि भारतीय बाटो समेत अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । नेपालले निरन्तर खोतिला पहिरो हटाउन भारतलाई आग्रह गर्दासमेत उक्त पहिरो हटाउँदा भारततर्फ बढी क्षति हुने भन्दै हटाउन मानेको छैन् । पहिरोका कारण तटबन्ध र बजार क्षेत्र जोखिममा परेको भन्दै हटाउन आग्रह गर्दा भारतीय पक्षले नमानेको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ ।

लगातारको वर्षाले गर्दा महाकाली नदीले खतराको सतह नाघेको छ । शुक्रबार रातीको भन्दा शनिबार बिहान पानीको सहत थोरै घटे पनि जोखिम कायमै रहेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । महाकाली नगरपालिका–९ दत्तुमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेकोले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ । शुक्रबार राती प्रशासनले निकालेको सूचना अनुसार जलमापन केन्द्र दत्तुमा महाकाली नदीको सतह ६.७ मिटर पुगेको छ भने सदरमुकाम खलङ्गाको पुलघाटमा ४.५ मिटर पुगेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । शनिबार वबिनदेखि नदीको सहत घट्न थालेको उहाँले बताउनुभयो । महाकालीमा बाढीको जोखिम बढेपछि प्रहरीले माइकिङ गर्दै महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिरहेको छ ।- गोरखापत्रबाट

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?