१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

इरानमा कट्टर राष्ट्रवादी रईसी राष्ट्रपतिमा चुनिएपछि अमेरिका र इजरायललाई गम्भीर चिन्ता



काठमाडौं : इरानमा हालसालै भएको आम निर्वाचनामा नयाँ राष्ट्रपति इब्राहिम रईसी निर्वाचित भएपछि अमेरिका र इजरायलमा गम्भीर चिन्ता बढेको छ । इरानमा नयाँ राष्ट्रपति इब्राहिम रईसी निर्वाचित भएपछि अमेरिकालगायतका पश्चिमा मुलुकले इरानको आणविक कार्यक्रम झन् आक्रमक बन्ने विषयमा चिन्ता प्रकट गरेका छन् । इजरायलका विदेश मन्त्रि‍थानको प्रकोप लियोर हाइवेटरले रईसी अहिलेसम्मकै ईरानको सबैभन्दा कट्टरपंथी राष्ट्रपति हुन् । उनले भने, नयाँ नेता ईरानको प्रमाणिक गतिविधिलाई प्रबद्र्धन गर्ने छन् । रईसी अगस्तमा ईरानको राष्ट्रपति पद सम्हाल्नेछन् । रईसी ईरानको शीर्ष न्यायधीश मध्येका कट्टरा शिया विचारक हुन्। उनीमाथि अमेरिकाले प्रतिबन्ध पनि लगाएको छ । ईरानको सामाजिक मिडियामा एक बयानमा रियासीले भने, म एक ईमानदार, मेहनती, क्रान्तिकारी र भ्रष्टाचार विरोधी सरकार बनाउन चाहन्छु ।

ईरान र इजरायलको बीचमा लामो समयदेखि छद्म युद्ध चलिरहेको छ। यो दुबै देशहरुमा एक अर्को बिरुद्ध आक्रमणा पनि उत्रिईरहेका छन् तर अझैसम्म दुई देशहरुमा पूर्ण युद्ध भने भएको छैन । हालसालैका महिनाहरुमा दुई देशको बीचमा निक्कै तनाव बढेको छ। दुई देश बीचको परिस्थिति धेरै जटिल छ तर ठूलो ईरानको प्रमाणिक कार्यक्रम पनि छ। ईरानको पछिल्लो वर्ष शीर्ष परमाणु वैज्ञानिकको हत्या र यस वर्ष अप्रिलमा परमाणु कन्टेनर दुर्घटनामा इजरायलको हात रहेको इरानले बताउँदै आएको छ ।

ईरानको परमाणु कार्यक्रम शान्तिपूर्ण अवधारणाको लागि नभएको अमेरिकार र इजरायलले बताउँदै आएका छन् । अमेरिका र इजरायलले ईरानको परमाणु कार्यक्रमको लक्ष्य परमाणु हथियार बनाउनु रहेको बताउँदै आएको छ । ईरान र पश्चिमी देशको बीच २०१५ मा परमाणु सम्बन्धी सम्झौता भएको थियो । त्यसपछि इरानमाथि लगाइएका प्रतिबन्ध हटाइएको थियो । तर अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प २०१८ मा अमेरिकालाई सन्धिबाट अलग गरेका थिए । त्यसपछि ईरानले पनि परमाणु कार्यक्रम अगाडी बढाएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय