४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

क्यान्सर पीडित जानकी साउदलाई मनकारी खत्री दम्पतीको ५ हजार आर्थिक सहयोग



दार्चुला : दार्चुला जिल्लाको लेकम गाउँपालिकाको सर्मोली बित्थडकी ४० बर्षीय जानकी साउदको स्तन क्यान्सरको उपचारका लागि ५ हजार आर्थिक सहयोग गरेका छन् । लेकम गाउपालिका वडा न. ६ सिरोडा घर भई हाल दोधारा चादनी नगरपालिका वडा नम्बर ४ कंचनपुरमा बसिरहेका धनसरा रावल खत्री र उनका धर्मपती रमेश खत्रीले आफ्नो वैवाहिक जीवनको ७ औँ बर्ष गाठको अवसरमा क्यान्सर पीडित जानकी साउदको उपचारका लागि रु ५ हजार सहयोग गरेको समाजसेवी दिपक बिष्टले जानकारी दिए ।

स्तन क्यान्सर पीडित साउद हाल शुशील कोइराला क्यान्सर अस्पतालमा उपचारको गराई रहेकी छिन् । आर्थिक अभावले उपचार गर्न समस्या भएकाले आर्थिक सहयोग गरी ज्यान बचाईदिन उनको परिवारले आग्रह गरेकी थिईन् । क्यान्सर पीडित साउदको घरपरिवारको आर्थिक अवस्था निकै दयनीय भएको र उपचारको लागि धेरै खर्च लाग्ने भएकाले उहाँको घरपरिवारले सहयोगको अपिल गरेको थियो । घरपरिवारको आम्दानीको कुनै स्रोत छैन । स्तन क्यान्सर पनि समान्य प्रकृतिको होईन, गम्भीर प्रकृतिको रहेको छ । उपचार गर्न आर्थिक समस्या भएकाले उहाँहरुले आर्थिक सहयोगको याचना गर्नु भएको छ समाजसेवी दीपक विष्टले भने ।

सहयोगको लागि क्यान्सर पीडित जानकी साउदका देवर माधब सिंह साउदको दिपायल साखामा रहेको एन आइ सि एसिया बैंक को खाता न. H8870012270952401 सहयोग गरिदिन अनुरोध गरिएको छ । त्यस्तै आर्थिक सहयोग गर्न चाहनेले समाजसेवा गर्दै आएका दीपक विष्टको 9865975298 नम्बरमा फोन गरेर पनि बुझ्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस !