१८ जेष्ठ २०८०, बिहीबार
 |   Thu Jun 1 2023
Logo

दिपक मनाङे प्रचण्ड निवासमा, राजनीतिक घटनाक्रमबारे ‘बृहद् छलफल’



गण्डकी प्रदेशका मन्त्री दिपक मनाङेले काठमाडौं आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै उनले ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद् छलफल भएको’ बताएका छन् ।

गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालयको बार्गेनिङ गरिरहेका मनाङे त्यसकै लविङका लागि प्रचण्डलाई भेट्न आएको अनुमान गरिएको छ ।

गण्डकी मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले मनाङेसहित चार जनालाई मन्त्री नियुक्त गरे पनि कुनै मन्त्रालय दिन सकेका छैनन् ।

११ मन्त्रालयमध्ये शक्तिशाली मानिएको अर्थ मन्त्रालय जसपाले पाउने निधो भइसकेको छ । त्यसपछि आन्तरिक मामला र भौतिक पूर्वाधार मन्त्रालयका लागि कांग्रेस माओवादी र मनाङे संघर्षमा छन् ।

प्रचण्डलाई भेट्न मनाङे अर्जेन्टिनाको जर्सी लगाएर खुमलटारस्थित उनको निवासमा पुगेका थिए


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय