८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

उपसचिवसम्मका कर्मचारी अनिवार्य रुपमा कार्यालय आउनु : सामान्य प्रशासन मन्त्रालय



काठमाडौं : कोभिड १९ नियन्त्रणका लागि डेढ महीनादेखि काठमाडौंमा उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो बनाईएसँगै सरकारी कार्यालयबाट पनि सेवा प्रारम्भ हुने भएको छ । ७ गतेबाट उपत्यकामा स्मार्ट निषेधाज्ञा लागु भएसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवसम्मका कर्मचारीलाई अनिवार्य रूपमा र तल्लो तहकालाई आवश्यकताअनुसार कार्यालय आउन निर्देशन दिएको छ । कोरोनाको दोश्रो लहर शुरु भएसँगै गत वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा शुरु भएको थियो । सो सँगै अधिकांश कर्मचारीलाई वर्क फर्म होम अर्थात घरबाटै काम गर्न भनिएको थियो ।

कार्यालय खुले पनि २५ प्रतिशत अर्थात कूल कर्मचारीमध्ये एक चौथाई कर्मचारीमात्र बोलाएर आलोपालोमा काम गर्दै आएकोमा अब भने उपसचिव तहसम्मको कर्मचारीलाई अनिवार्य रुपमा कार्यालय आउन निर्देशन दिईएको हो । असार महिना आर्थिक बर्षको अन्तिम महिना भएको कारण भुक्तानी दिने,राजश्व उठाउने जस्ता कामको चाप हुने हुँदा उपसचिवसम्मका कर्मचारीहरुलाई अनिवार्य रुपमा कार्यालयमा उपस्थित हुन मन्त्रालयले निर्देशन दिएको हो ।


प्रतिक्रिया दिनुहोस !