४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

घुस्याहा अधिकृत घुस रकमसहित अख्तियारको फन्दामा



काठमाडौं : फर्निचर उद्योगसँग घुस माग्ने कर्मचारी धादिङस्थित निलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल पक्राउ परेका छन् । फर्निचर उद्योगीको मुद्धा मिलाइदिन्छु भन्दै घुस माग्ने सहायक वन अधिकृत पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार घुससहित पक्राउ गरेको हो । सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भन्दै कागजात तयार गरी वन कार्यालयमा लगेपछि मुद्दा मिलाउने भन्दै पौडेलले ४० हजार रुपैयाँ माग गरेका थिए । उक्त मुद्दा मिलाउने भन्दै ४० हजार घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पौडेललाई घुस लिँदै गर्दा पक्राउ गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !