७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

माओवादी केन्द्रको आकस्मिक बैठक, केन्द्रीय सदस्य थप्ने तयारी



काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । समसामयिक विषयमा छलफलका लागि भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उक्त बैठक बोलाएका हुन् । अहिले सोमबार बिहानदेखि केन्द्रीय समिति बैठक अनलाइन भिडियो कन्फ्रेन्समार्फत चलिरहेको छ । जारी बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यक्रम छ । विगत केही दिनदेखि नै अध्यक्ष प्रचन्ड नयाँ राजनीतिक प्रतिवेदन लेख्ने तयारीमा व्यस्त रहेको बताइएको थियो ।

जारी केन्द्रीय समिति बैठकमा पनि उहाँले पार्टी सुदृढीकरणका लागि केन्द्रीय सदस्यहरूसँग सुझाव लिइरहनुभएको बताइएको छ । सबैको सुझाव समेटेर उहाँले नयाँ प्रतिवेदन तयार गर्ने छन् । तत्कालीन नेकपा भंग भएपछि र माओवादीका केही केन्द्रीय नेताहरू नै नेकपा एमालेमा प्रवेश गरेपछि पार्टीमा संगठन हेरफेरको समेत जरूरत बढेको बताइएको छ । यसै अनुसार नयाँ केन्द्रीय सदस्यहरू पनि थप्दै जानेबारे छलफल चलको स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !