१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

प्रहरीका १६ डिआईजीको सरुवा : हेर्नुस्, को कहाँ ?



काठमाडौँ । नेपाल प्रहरीका १६ जना डिआईजीको सरुवा गरिएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डिआइजीहरूको सरुवा गरेको हो । प्रदेश–१ प्रहरी कार्यालयमा डीआईजी अरुणकुमार बिसी, प्रदेश–२ मा उमेश रञ्जितकार, बागमती प्रदेशमा प्रकाश जंग कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वसन्तकुमार पन्तलाई र केन्द्रिय अनुसन्धान ब्यूरोमा धीरजप्रताप सिंहलाई सरुवा गरिएको छ भने डीआईजी घनश्याम अर्याललाई विशेष ब्यूरोमा सरुवा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय