
चार्टर्ड उडानमा चर्को शुल्क लिएको गुनासो बढेसँगै संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समिति बनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
एयरलाइन्सहरुसँगको मिलोमतोमा केही ट्राभल एजेन्सीहरुले तोकिएको भाडादरभन्दा अत्यधिक चर्को भाडा असुल गरिरहेको गुनासो आएको मन्त्रालयले जनाएको छ । तर, समितिले कहिलेसम्ममा रिपोर्ट बुझाउने भन्ने जानकारी भने दिएको छैन ।