४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

मृगौला पीडित धामीलाई सच्चा राष्ट्र सेवक ग्रुपद्धारा ४ लाख बढी आर्थिक सहयोग



दार्चुला : विगत दुई वर्षदेखि दुबै मृगौलामा समस्या आएर सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका दार्चुला जिल्लाको नौगाड गाउँपालिकाको वडा नम्बर ५ धुलिगाडाका अर्जुनसिंह धामीलाई सच्चा राष्ट्र सेवक ग्रुपले आर्थिक सहयोग गरेको छ । २ वर्ष देखि धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत नौगाड गाउँपालिका दार्चुलाका मृगौला पीडित अर्जुन सिहं धामीलाई ३ लाख नगद सहयोग गरेको सच्चा रास्ट्रसेवक समितिकी अभियान्ता चन्द्रावती ठगुन्नाले जानकारी दिईन् । त्यस्तै मृगौला पीडित अर्जुनसिंह धामीको उपचारका लागि विभिन्न व्यक्तिहरुले सोमबार मात्रै १ लाख २६ हजार ८ सय सहयोग गरेको अभियान्ता चन्द्रावती ठगुन्नाले जानकारी दिईन् ।

सोमबार संकलित रकम पनि बिरामी अर्जुन धामीको श्रीमतीको खातामा जम्मा गरेको बताईन् । मिति २०७८ जेठ १६ गते देखि नौगाड गाउपालिका वडा नम्बर ६ धुलिगाडा निवासी अर्जुन सिह धामीको जीवन रक्षाका लागि सच्चा रास्ट्रसेवक ग्रुपले आर्थिक सहयोगको लागि अभियान सुरु गरेका थियो । हप्ताको २ पटक डायलाइसिस गर्नुपर्ने र चिकित्सकको सल्लाहअनुसार उनको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको उनको परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले चन्द्रावती ठगुन्नाको संयोजकत्वमा सच्चा रास्ट्रसेवक ग्रुपले आर्थिक अभियान संकलन गरको थियो । अहिलेसम्म देशविदेशमा रहेकाहरुले चार लाख बढी सहयोग गरिसकेको लागि संयोजक चन्द्रावती ठगुन्नाले बताईन् ।

पुस्कर धामी, दीपक ठगुन्ना, वीरबहादुर ठगुन्ना, गगनसिंह धामी, धनसिंह ठगुन्ना, सुरन्द्रसिंह ठगुन्ना, कुन्दन धामी र पुष्करसिंह धामीलगायतका युवाहरुको पहलमा आर्थिक संकलन शुरुवात गरिएको र अहिले पनि चलिरहेको संयोजक चन्द्रावती ठगुन्नाले बताईन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय