१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मनाङमा २५ प्रतिशत सडक ध्वस्त : १० वटा पुल बगे, हजार जना विस्तापित



काठमाडौं : हिमालपारिको जिल्ला मनाङमा जेठ ३० देखि असार ५ सम्म लगातार परेको अविरल वर्षाका कारण एक हजार मानिस विस्थापित भएका छन् । विस्थापित भएका अधिकांशलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मनाङको उच्च हिमाली भेगमा यार्सागुम्बा टिप्न जाँदा मौसम बदली भएर अलपत्र परेका ५६ जनालाई सकुशल उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ । वर्षा शुरु हुनुअघि नै लेकमा यार्सा टिप्न गएका उनीहरु मौसम बदली भएर हिउँ पर्दा बिचल्लीमा परेका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार मनाङको चामे, नासोङ्ग, डिस्याङ र नार्पाभूमि गाउँपालिकाबाट बाढीका कारण समस्यामा परेका ४७४ जनालाई उद्दार गरेर सुरक्षित ठाउँमा सारिएको छ । मनाङ्गको चामे र नासोङ्ग गाउँपालिमा बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन् ।’ गत जेठ १४ देखि १६ सम्म परेको अविरल वर्षाले पनि मनाङ र काठमाडौंबीच सडक सम्पर्क टुटाइदिएको थियो । आइतबारदेखि बल्ल मनाङमा ठूलो पानी रोकिएको छ ।

बाढीले चामे गाउँपालिका–१ तिमाङस्थित स्याल्क्यू छहराको मोटरेबल पुल बगाएको छ । तिमाङको छहरामा रहेका दुईवटा पक्की पुल भत्काएपछि राजधानीसँगको सडक सम्पर्क जोडिन सकेको छैन । काठमाडौं र पोखरा हिँडेकालाई १७० जनालाई सुरक्षाकर्मीले तिमाङको छहराबाट उद्धार गरेर पठाएका छन् । बेंसीसहर–चामे सडक आयोजनाले बैकल्पिक तरिकाबाट सो बाटो खुलाउने प्रयास भईरहेको छ । सदरमुकाम चामे भएर बग्ने घट्टु खोला र स्याल्क्यु खोलामा आएको बाढी र मर्स्याङ्दीको बाढीका कारण चामेबाट मात्र ६ सय जना विस्थापित भएका छन् । विस्थापितहरुका लागि पानी, लत्ताकपडा र खाद्यान्न अभाव छ । राहत लैजाने एक मात्र माध्यम हेलिकोप्टर रहेको छ ।

२५ प्रतिशत सडक ड्यामेज, ८ वटा झोलुंगे पुल बगे

मनाङ सडक खण्डको करिब २५ प्रतिशत सडकमा बाढीले क्षती पु¥याएको छ । चामे र माथिल्लो मनाङको लाईफलाइन मानिने मस्र्याङ्दी पुलमा क्षति हुन नदिन सशस्त्र प्रहरीको टोलीले पुलमा अड्किएका मुढा लगायतका अवरोध हटाएका छन् । नासोङ्ग गाउँपालिकामा मात्र ७ वटा झोलुंगे पुल बाढीले बगाएको छ । मर्स्याङ्दी र दुधखोलाका ८ ओटा झोलुंगे पुल र दुईवटा मोटरेवल पुल बगाएको छ । बाढीले ५५ घरमा क्षति पु¥याएको छ । बाढीले चामे र डिस्याङ गाउँपालिकामा ७ वटा काठका पुल बगाएको छ । सुरक्षाकर्मीहरुले अस्थायी र काठे पुल हालेर सड्क खुलाउने प्रयास गरिरहेका छन् । हिमालपारिको जिल्ला भनेर चिनिने मनाङका ट्रेकिङ रुट पनि जोखिममा परेका छन् ।


प्रतिक्रिया दिनुहोस !