११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

घर न घाटका बने पूर्वमाओवादीका ५ नेताहरु, बादलविरुद्ध ४ नेताले मोर्चा कसे



काठमाडौं : माओवादी पार्टी विघटनको संघारमा पुगेको निष्कर्ष निकाल्दै आफ्नो पार्टी छोडेर एमालेमा गएका पूर्वमाओवादीका नेताहरुको विजोग भएको छ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरूको राजनीतिक भबिष्य नै अन्योलमा परेको छ । माओवादी पार्टीलाई देशको मुख्य शक्ति बनाउन मुख्य भूमिकामा रहेका माओवादीका नेता रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरु घर न घाटका अवस्थामा पुगेका छन् । सर्वोच्चले एमाले व्युताएपछि ओली समूहमा लागेका नेताहरुको न मन्त्री पद जोगियो , न पार्टीमा ओलीले सन्तोषजनक भूमिका नै दिए । नत माओवादीमा फर्किए पनि पार्टीले विश्वास गर्ने अवस्था छ ।

भविष्यको स्पष्ट मार्गचित्र, बरु बढ्दो असन्तुष्टि र अन्तरकलहले एमालेभित्रका ‘माओवादी’लाई ठूलो राजनीतिक हानी भएको छ । माओवादीमा शीर्ष भूमिकामा रहेका नेताहरु राष्ट्रिय राजनीतिमा एक पछि अर्को गरि बदलीएको घटनाक्रमले एमालेभित्र रहेका पूर्व माओवादी नेताहरु कुहिरोभित्र हराएको काग बनेका छन् । न एमाले पार्टीभित्र स्पष्ट मार्गचित्र र जिम्मेवारी न पूर्व माओवादीभित्र फर्कने वातावरण । संघटनको घडीमा आफ्नो पुरानो कित्तामा नफर्किएर सत्ताको स्वादमा लिप्त भएर ओलीलाई साथ दिएका माओवादीहरु यस्तो विलखबन्दमा परेका छन् की न घर न घाटमा परेका छन् ।

त्यती मात्रै होइन, मन्त्रिपरिषद् पुनगर्ठनमा प्रधानमन्त्री केपी ओलीले लिएको पछिल्लो नीति र आफ्नै समूहका नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापाको भूमिकाले एमालेभित्रको ‘माओवादी’ मा घरझगडाले चुली छुन लागेको छ । एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले प्रश्न उठाएपछि एमालेत्रिका ‘माओवादी’नेताहरू मनमा शंकै शंकाले डेरा जमाएको छ । भने आफ्नो भविष्य सुनिश्चीत गर्न बालुवाटारको दौडधुपलाई निक्कै बाक्लो बनाएका छन् । तर स्वयम प्रधानमन्त्री ओली नै उनीहरुको भविष्यका बारेमा अनविज्ञ देखिन्छन् । यता माओवादी पार्टीले पनि उनीहरुलाई निष्कासन गरेको पत्र निर्वाचन आयोगलाई बुझाएर फिर्ता हुने ढोकामा ताल्चा मारेका छन् । जुन चाल्चा उनीहरुको हकमा अब उप्रान्त नखुल्ने माओवादीहरुको भनाई छ ।

मन्त्री पदकै रसमा डुबेर माओवादीमा नफर्किएकाहरु अहिले ओलीले एमालेको केन्द्रीय सदस्यमा मनोनित गरे पनि त्यो आशिर्वाद समेत खेर जाने स्थीति पैदा भएको छ । त्यसो त उनीहरुसंग न मन्त्री पद छ न एमालेभित्र नेताको हैसियत । बरु पूर्व माओवादीहरुले आफ्नो भित्री नेता मानेका रामबहादुर थापा बादलले समेत यसरी धोका दिए की अरु कुनै नेता नभएझेँ गरी आफ्नै श्रीमतिलाई मन्त्रीका लागि सिफारिस गरिदिए । त्यसले एमालेभित्र गुटको लडाइँ त परको कुरा पूर्व माओवादी नेताहरु नै आपसी लडाइँमा व्यस्त छन् । एमालेमा ‘पूर्वमाओवादी’ले रामबहादुर थापालाई मुख्य नेता मान्न आनकानी गरेका गाइगुइ सुनिन थालेको छ ।

त्यतिमात्र होइन, पूर्वगृहमन्त्री थापालाई मात्र काखी नच्याप्न रायमाझी, प्रभु साह, मणि थापा र लेखराज भट्टलगायतले प्रधानमन्त्री ओलीसँग आग्रह नै गरेको कतिपयको भनाई छ । त्यसबाहेक उनीहरुले एमालेबीच एकता भए आफ्नो भूमिका के हुन्छ भन्ने विषयमा समेत प्रधानमन्त्री ओलीसँग स्पष्ट हुन खोजेका छन् । एमालेभित्र पार्टी मिलाउन लागि परेका दोस्रो तहका नेताहरुको प्रयास सफल भयो भने माधव पक्षको अडान अनुसार पहिलो प्रहारमा पूर्व माओवादीहरु पर्ने निश्चत नै हो । त्यसो त ओलीले चाहँदैमा उनीहरुको संरक्षण सम्भव देखिन्न । एमाले विवाद वारपार र अदालतको निर्णय नआएसम्म एमालेमा पूर्वमाओवादीहरुको भूमिका के हुन्छ, यसै भन्न सक्ने अवस्था छैन ।


प्रतिक्रिया दिनुहोस !