१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मन्त्रीहरु पदमुक्त भएको खुसियालीमा प्रदेश दुईमा दीपावली



जनकपुर । मन्त्रिपरिषद् विस्तार विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि मन्त्रीहरुको पदमुक्त भएको खुसियालीमा प्रदेश २ का विद्यार्थीहरुले दिपावली मनाएका छन् । प्रदेश २ को धनुषा जिल्लाका नगराईन नगरपालिकामा आज अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य आदर्श मंडल लगायत दर्जनौं विद्यार्थी दिपावली मनाएका हुन् । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले जसपाका महन्त ठाकुर पक्षलाई समेटेर पहिलोपटक र दोस्रोपटक आफ्नौ पार्टीका सदस्यहरुलाई मन्त्री बनाएका थिए। सो आज मन्त्रीहरुको पदमुक्त भएका हुन्।

 


प्रतिक्रिया दिनुहोस !