Sunday, March 16, 2025

ट्रेन्डिङ :

५२ एसपी र ५७ डिएसपीको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

spot_img
spot_img

काठमाडौं – प्रहरी प्रधान कर्यालयले ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ८ असारको निर्णय अनुसार सरुवा भएको हो।

सरुवामा अवधि पुगेका सबै जिल्ला प्रहरी प्रमुख परिवर्तन गरिएको छ। कास्कीमा एसपी रमेश थापाको सरुवा भएको छ भने महानगरीय प्रहरी परिसर भक्तपुरमा शिव कुमार श्रेष्ठको सरुवा भएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी श्याकृष्ण अधिकारीको सरुवा भएको छ भने एसपी ओम रानाकोनेपाल प्रहरी प्रदेश कार्यालय, भैरहवामा सरुवा भएको छ। त्यस्तै दानबहादुर कार्कीको कपिलवस्तुमा सरुवा भएको छ।

त्यस्तै एसपी दिनेशराज मैनालीलाई तनहुँ पठाइएको छ भने सुरेश प्रसाद काफ्लेको दाङमा सरुवा गरिएको छ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय खोटाङमा डिएसपी उमेश लम्सालको सरुवा भएको छ।

त्यस्तै डिएसपी प्रमेश बिष्टको महाराजगञ्ज वृत्तमा सरुवा भएको छ। लैनचौर वृत्तका डिएसपी दीपक खड्का कारबाहीमा परेपछि बिष्टलाई लैनचौर वृत्तमा खटाइएको थियो। लैनचौरबाट महाराजगञ्जमा सरुवा भएको हो।

यस्तै डिएसपी ढुण्डीराज न्यौपानेको बौद्ध वृत्तमा सरुवा भएको छ भने डिएसपी दुर्गा दाहाललाई लैनचौर वृत्तको जिम्मेवारी दिइएको छ। यसअघि दाहाल महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत थिए।

हेर्नुहोस् एसपी को कहाँ सरुवा भए ?

हेर्नुहोस् डिएसपी को कहाँ सरुवा भए ?

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?