Wednesday, March 19, 2025

ट्रेन्डिङ :

आजबाट प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा निरन्तर सुनुवाइ

spot_img
spot_img

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आजबाट निरन्तर सुनुवाई हुँदैछ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा आजबाट निरन्तर सुनुवाइ हुनेछ ।प्रतिनिधिसभा विघटन बिरुद्ध ३० रिट परेकोछ । निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन् । साथै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित १ सय ४६ जना प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।

इजलासमा जबरा सहित ५ न्यायाधीश छन् । न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सदस्य हुन् ।जेठ २६ गते लामो विवाद अन्त्य गर्दै संवैधानिक इजलासले अन्तिम सुुनुवाइका लागि नौ बुँदे निर्देशनात्मक आदेश समेत जारी गरेको थियो । सर्वोच्चले अन्तिम सुनुवाइ लामो र पट्यारलाग्ने हुनुका साथै अनावश्यक समय खर्च नहोस् भनेर बहसमा उपस्थित हुने सबै कानुन व्यवसायी, सरकारी वकिल र एमिकस क्युरीको हकमा पनि समय तोकेको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?