१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

भारतमा कोरोना संक्रमित संख्या तीन करोड नाघ्यो



असार ९, काठमाडौं । भारतमा कोरोना भाइरस ९ कोभिड–१९० बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ ।भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड २८ हजार ७०९ पुगेको छ पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ५० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

यस्तै भारतमा अहिलेसम्म कोरोनाको संक्रमणको कारण ३ लाख ९० हजार ६६० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण १ हजार ३५८ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा भारतको केरलामा कोरोनाका नयाँ संक्रमितको संख्या १२ हजारभन्दा बढी देखिएको छ भने महाराष्ट्रमा ८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।यस्तै तामिलनाडुमा पनि नयाँ संक्रमितको संख्या ६ हजारभन्दा बढी छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ६ लाख ४३ हजारमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस !