२० जेष्ठ २०८०, शनिबार
 |   Sat Jun 3 2023
Logo

मुलुकभर २४२१ जना नयाँ संक्रमित थपिए, ३५५८ द्वारा स्वास्थ्यलाभ, ८१ जनाको मृत्यु



काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४१४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो मन्त्रालयका अनुसार ७ हजार ४६१ आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय ११ जना र ४ हजार ९५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । साथै, पछिल्लो २४ घण्टामा ८१ जना संक्रमितको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय