Sunday, March 16, 2025

ट्रेन्डिङ :

माधव समूहका युवा नेता राईले दर्ता गरे नेकपा एकीकृत, यस्तो छ पदाधिकारीहरुको नामावली

spot_img
spot_img

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता भएको छ । निर्वाचन आयोगले कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र राईलाई बुधबार प्रदान गरेको छ । निर्वाचन आयोगले राईलाई उपलब्ध गराएको प्रमाणपत्र अनुसार १६३ नम्बरमा सो पार्टी दर्ता छ । उनले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका थिए । निर्वाचन आयोग स्रोतका अनुसार नेकपा एकीकृत० को पदाधिकारीमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल छन् ।

राईले भने नेताहरुसँग सल्लाह नगरी पार्टी दर्ता गरेको दावी गरे । उनले नेपाल प्रेससँग भने, ‘अहिले कसैसँग सल्लाह गरिएको होइन तर पछि त जोसुकै नेता पनि आउन सक्नुहुन्छ नि । यो वा ऊ भन्ने कुरै छैन ।’ संखुवासभा जिल्लाका बासिन्दा रहेका राई नविना लामा अनेरास्ववियूको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा हारेका थिए । उनी एमालेभित्र जुझारु युवा नेता मानिन्छन् । महासचिव बनेका खुलाल अमृत साइन्स क्याम्पसमा अनेरास्ववियूबाट राजनीति गरेका हुन् । उनी २०६५ सालको स्ववियू चुनावमा सभापतिबाट बागी उम्मेवार बनेका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?