१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

आमनेसामने अमेरिकी र चिनियाँ सैनिक, ताइवान स्ट्रेट पुग्यो अमेरिकी मिसायल विनाशक



काठमाडौं : चिनियाँ सरकारले ताइवान स्ट्रेटमा अमेरिकाको पछिल्ला नौसैनिक उपस्थितिको निन्दा गरेको छ । अमेरिकीको सत्ता जोई बाईडेनले ग्रहण गरेदेखि यो क्षेत्रको छैठौं पटक वाशिंगटनले आफ्नो नौसेनालाई ताईवान स्ट्रेटमा पठाएको छ । मंगलबार अमेरिकी अर्ले बुर्केवर्ग निर्देशित मिसाइल विनाशक ताइवान सामुद्रिक क्षेत्रमा आएपछि चीनले त्यसको किडा विरोध गरेको छ । चिनिया पिपुल्स लिबरेशन आर्मीले अमेरिकी मिसन यो क्षेत्रको सबभन्दा ठूलो सुरक्षा सिर्जना गर्ने कारक तत्व भएको बताएको छ । आसियानका चिनियाँ राजदूत देंग छिजुंगले अमेरिकाले जानाजानी यो क्षेत्रमा क्षेत्रीय शान्ति र स्थिरता खलबल्याउन खोजेको बताएका छन् । उनले अमेरिकी अमेरिकी नौसेनाको योक्षेत्रमा भएका गतिविध र सैन्य अभ्यासले अन्तन्तर्राष्ट्रिय व्यवस्थाको उल्लंघन गरेको बताए । चीनले १८० किलोमिटरसम्मको क्षेत्रलाई आफ्नो भूभाग भएको दाबी गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !