चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन वाईसीएल नेपालको माडी नगर कमिटिले माडीका विभिन्न गाउँहरुमा राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । निशेधाज्ञाका कारणलामो समयदेखि जनजीवन प्रभावित भएका माडी ८, जीवनपुर क्षेत्रको सुकुम्बासी बस्तीका २२ घरधुरीलाई चामल, दाल, तेल, तरकारी लगायतका खाद्यान्न वितरण गरेको हो । पहिला नै माडी ७, देबेन्द्रपुरस्थित परुई किनारको चेपाङ बस्तीमा ६० परिवारलाई समेत राहत वितरण गरेको वाईसीएल माडी नगर कमिटीले जनाएको छ । कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालसंगै वाईसीएलका माडी संयोजक नेत्र काफ्ले, केन्द्रीय महिला विभाग विभाग सदस्य इन्दिरा विक केन्द्रीय कृषि तथा उत्पादन विभाग सदस्य सन्तोष चापागाई, चितवन जिल्ला सदस्य अशोक पाठक, माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का माडी संयोजक पदम पन्त लगायतको उपस्थिति रहेको थियो ।