Sunday, March 16, 2025

ट्रेन्डिङ :

असार १० गते माडी नगरपालिकाको सातौं नगरसभा हुने

spot_img
spot_img

चितवन । चितवन माडी नगरपालिकाको सातौं नगरसभा असार १० गते हुने भएको छ । माडीको बघौंडास्थित माडी भिलेज लजमा सञ्चालन हुने लागेको नगरसभा बिहान ०७ः३० देखि दिनभर नै सञ्चालन हुने कार्यक्रम हो। माडि नगरप्रमुखको अध्यक्षतामा संसद सञ्चालनकै मोडेलमा सञ्चालन हुने सो सभामा माडीका ५० जना जनप्रतिनिधीहरु र सचिवका रुपमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम गरी ५१ जनाको सहभागिता रहने भएको छ। सो नगर सभामा आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम, बार्षिक बजेट, विनियोजन विधेयक र बार्षिक नगर विकास योजना सम्बन्धी बिधेयक पेश गने साथै छलफल हुनेछ । त्यसैगरी लेखा समिति र न्यायीक समितिको प्रतिवेदनमा समेत छलफल गरिने माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो, सो नगर सभा भोलि नै समापन हुनेछ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?