spot_img
Wednesday, July 28, 2021
spot_img

ट्रेन्डिङ :

विपक्षी गठबन्धनले सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै

spot_img

१० असार, काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले विहीबार सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै छन् । सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बरिष्ठ पत्रकार र सम्पादकसँग अन्तर्क्रिया गर्न लागेका हुन् ।विहीबार दिउँसो दुई बजे संसद भवन नयाँ बानेश्वरको हलमा अन्तर्क्रिया हुने नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले जानकारी दिए ।

कांग्रेस सभापति देउवा निवासमा बुधबार साँझ बसेका पाँच दलीय गठबन्धनको बैठकले सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध नागरिक समाज, बुद्धिजीवीलगायतसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो । ‘उनीहरुको सल्लाह अनुसार पाँच दलीय गठबन्धनले आगामी कार्यक्रमहरु तय गर्नेछ,’ नेता खाँणले भने ।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सरकारमाथि दवाव बढाउने रणनीति लिएका छन् ।सोही रणनीति अनुसार जनपरिचालनका कार्यक्रम गर्ने निर्णयसमेत उनीहरुले गरेका छन् । त्यसअन्तर्गत विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा संयुक्त विरोध कार्यक्रम गर्दैछन् ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

महन्त ठाकुर र रेशम चौधरी जसपाबाट निकालिए

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: