११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

एमाले नेता प्रभु शाह पक्ष र विपक्षी गठबन्धनको बीचमा झडप, दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार



रौतहट । रौतहटको मौलापुरमा जारी नगरसभाको क्रममा विपक्षी गठबन्धनले मौलापुर चोकमा विरोध प्रदर्शन गरेपछि झडप भएको छ । स्थिति तनावग्रस्त भ‌एपछि प्रहरीले स्थिति लाई नियन्त्रणमा लिन दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । मौलापुर नगरपालिकाको पाचौ नगरसभा चलिरहदा बाहिर प्रभु साह पक्ष र अन्य दलका कार्यकर्ता बीच झडप भएको हो । नगरसभाको प्रमुख अतिथि एमाले नेता प्रभु साह रहेका छन् भने उनकी श्रीमती रिना कुमारी साह नगरप्रमुख रहेकी छिन् । सो नगरपालिकामा अनियमितता भएको भन्दै अन्य दलले विरोध प्रर्दसन गर्ने क्रममा झडप भएको हो । अहिले पनि झडप जारी छ ।


प्रतिक्रिया दिनुहोस !