Wednesday, March 19, 2025

ट्रेन्डिङ :

मोटो रकमको चलखेल गरि टेलिकमको सेवा अवरुद्ध गरेको राष्ट्रिय कर्मचारी संगठनको दाबी

spot_img
spot_img

काठमाडौं । नेपाल टेलिकमको हिजो बिहान देखिएको समस्या कम्पनीलाई धरासायी बनाउने घटना भएको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनले आशंका व्यक्त गरेको छ । संगठनले हिजो टेलिकमका प्रबन्ध निर्देशकलाई ध्यानाकर्षण गराउँदै कम्पनीका सेवाहरु बिहान बन्द भई ग्राहकहरु मर्कामा परेको र यसले कम्पनीको करोडौं राजस्व गुमाएको भन्दै कम्पनीप्रति आम उपभोक्ताहरुको विश्वासमा नकारात्मक असर परेको जनाएको छ ।

संगठनले नेपाली जनताको आस्थाको धरोहरको रुपमा रहेको दूरसञ्चार कम्पनीका सेवाहरु बारम्बार उवरुद्ध हुने यस्ता घटनाहरु नियोजित ढंगबाट संस्थालाई धराशायी बनाउने चलखेल त होईन भन्ने आशंकालाई यो घट्नाले थप मलजल गरेकोछ । ‘एकातिर कम्पनीको राजश्व दिनानुदिन घट्दै जानु अनि अर्कातिर यस्ता घटनाहरु बारम्बार दोहोरिनु सँधै संयोग मात्रै हुन सक्दैन् । सेवा अवरुद्धका बारम्बारका घटनाहरु सार्वजनिक भइरहँदा समेत कम्पनी व्यवस्थापनबाट प्रदर्शित उदासीन रवैया तथा टालटुले जवाफ अनि घटनाहरुको प्राविधिक छानबिन मार्फत विश्वसनीय प्राविधिक कारण नदेखाइनुले यस्ता घटनाहरुप्रति शंकाको दृष्टिकोणले हेर्न हामी बाध्य भएका छौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

त्यसैगरि सो संगठनले सबैभन्दा धेरै ग्राहकहरु भएको कम्पनीमा आगामी दिनमा यस्ता घटनाहरु नदोहोरिने अवस्था सुनिश्चित गर्न र उच्चस्तरीय छानबिन समितिमार्फत समिति गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ। संगठनले आफ्ना मागहरु पुरा नभएको खण्डमा कम्पनीको रक्षार्थ हस्तक्षेपकारी भूमिका निर्वाह गर्न बाध्य हुने र यसबाट उत्पन्न परिस्थितिको जिम्मेबार स्वयं व्यवस्थापन नै हुने चेतावनी समेत दिएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?