८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

थप २४७४ जनामा संक्रमण पुष्टि, २५१८ जना संक्रमणमुक्त, २४ जनाको मृत्यु



काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २३२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ७ हजार २३५ आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय ७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । साथै, पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !