Wednesday, March 19, 2025

ट्रेन्डिङ :

बोर्डकाे विज्ञप्तिपछि शेयरमूल्य २१ प्रतिशतसम्म घट्यो, सबैभन्दा बढी कसको घट्यो?

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डले जोखिम युक्त कम्पनीको सूची सार्वजनिक गरे यता सूचीकृत कम्पनीका प्रतिकित्ता शेयरमूल्य २१ प्रतिशतसम्म घटेका छन्। सूची सार्वजनिक भए यता कारोबारमा आएका २०२ कम्पनीको मूल्य २१ प्रतिशतसम्मले घटेका हुन्।

कारोबारमा आएका २०२ कम्पनीका प्रति कित्ता शेयर मूल्य ०.४७ प्रतिशतदेखि २१.०७ प्रतिशतसम्म घटेको छन्। सबैभन्दा थोरै मूल्य घट्ने कम्पनीमा आरएसडिसी लघुवित्त वित्तीय संस्था छ भने सबैभन्दा बढी घट्ने कम्पनीको सूचीमा रसुवागढी हाइड्रोपावर कम्पनी छ। आरएसडिसी लघुवित्त वित्तीय संस्थाको मूल्य ०.४७ प्रतिशत  घटेको छ भने रसुवागढीको २१.०७ प्रतिशत मूल्य घटेको छ।

बोर्डको विज्ञप्तिले सबैभन्दा बढी जलविद्युत कम्पनीका शेयरमूल्य घटेका छन् भने फाइनान्स समूह दोस्रो स्थानमा छ। विकास बैंक र माइक्रोफाइनान्स क्रमशः तेस्रो र चौथोमा देखिएका छन्। जलविद्युत, फाइनान्स, विकास बैंकको प्रतिकित्ता मूल्य १० देखि २१ प्रतिशतसम्म घटेका छन् भने बीमा कम्पनीहरूको शेयरमूल्यमा १० प्रतिशतसम्मको प्रभाव देखिएको छ। पछिल्लो समय बढ्दो लयमा रहेको बजारमा सबैभन्दा मूल्य बढ्ने सेक्टर पनि यिनै रहेका थिए।

वाणिज्य बैंकको शेयरमूल्य पनि १० प्रतिशतसम्म नै घटेका छन्। तर सबैलाई भने त्यति धेरै प्रभाव परेको छैन। बढ्दो बजारमा समेत वाणिज्य बैंकका शेयर अरू सेक्टरको तुलनामा कमै बढेका थिए। जसका कारण पनि उनीहरूमा ठुलो प्रभाव नदेखिएको हो।

विज्ञप्तिपछि धेरै कम्पनीमा घट्दो प्रेसर देखिए पनि केही कम्पनी यो अवधिमा पनि बढ्दो लयमा नै देखिएका छन्। २०२ कम्पनीको सूचीमा १४ कम्पनीका शेयरधनी फाइदामा देखिएका हुन्। जसमा सबैभन्दा बढी राधी विद्युत् कम्पनीका शेयरधनीले १२.३४ प्रतिशत मुनाफा गरेका छन्। एचआइडिसिएलका शेयरधनीले यो अवधिमा १२.३२ प्रतिशत मुनाफा गरेका छन्।

बोर्डले गत असार १ गते जोखिमयुक्त कम्पनी भन्दै सूची नै सार्वजनिक गरेको थियो। त्यसपछि बजार लगातार घट्दो लयमा देखिएको छ। बोर्डको विज्ञप्तिकै कारण बजार घटेको लगानीकर्ताहरूको आरोप छ। बोर्डको विज्ञप्ति यता मंगलबारसम्म समग्र बजारले १६३.६४ अंक गुमाएको छ। जुन ५.४० प्रतिशत हो। समग्र बजार ५.४० प्रतिशतले घटेको भएपनि सूचीकृत कम्पनीहरूमा भने २१ प्रतिशतसम्मको गिरावट देखिएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?