२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

राजश्व कार्यालयका अधिकृत एक लाख घुससहित पक्राउ



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय धनुषाका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनका लागि एक लाख ५० हजार घुस माग गरेको सूचनाका आधारमा आयोगको कार्यालय, बर्दिबासबाट गएको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार अधिकृत ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्न घुस माग गरेका थिए।

सोही घुस लिन ढकालले कन्सल्टेन्सीका प्रोपाइटर नविनकुमार कर्णलाई पठाएका थिए। अख्तियारले घुस माग गरेको भन्ने सूचना पाएपछि बर्दिबासबाट खटिएको टोलीले नविनकुमार कर्णलाई सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको हो। उनलाई टोलीले जनकपुर उपमहानगरपालिकास्थित अन्नपूर्ण होटल एन्ड गेष्ट हाउसबाट नियन्त्रणमा लिएको थियो। त्यस्तै कर अधिकृत ढकाललाई धनुषाको नेपाल स्काउटको कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय