Wednesday, March 19, 2025

ट्रेन्डिङ :

अमेरिका र पश्चिमाहरु उदारवादी सर्वसत्तावादी राज्य : रुसी गुप्तचर प्रमुख

spot_img
spot_img

एजेन्सी : अमेरिका र केही अन्य पश्चिमी देशहरूले मान्ने गरेको उदार प्रजातन्त्रको मोडेल निरंकुश सर्वसत्तावादी प्रणाली बनेको रसियाको विदेशी खुफिया सेवा प्रमुखले आरोप लगाएका छन् । बिहीबार अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धी मस्को सम्मेलनमा बोल्दै सेर्गे नरेशकिनले भने, पश्चिमी देशहरुमा मिडियाको एकाधिकार, कूलीन वर्गको अपराजेयता, राज्यको प्रहरीकरणलगायत केही निरंकुश तानाशाहीका सबै संकेतहरू देखिएको बताए ।

त्यस्तै उनले पश्चिमाहरुले विविध विश्वलाई दुई पूर्ण रूपमा कृत्रिम शिविर (एउटा जनवादी लोकतन्त्र र एउटा कथित तानाशाह सेना) मा बाँड्ने प्रयास गरिरहेको देखेर छक्क परेको समेत उनले बताए । नरेशिनले भने, रसिया, चीन र इरानलाई दोस्रो शिविरमा राखिएको छ। अमेरिका र उदारवादी प्रजातन्त्रका अन्य तथाकथित मोडेलहरूले आफैं उदारवादी सर्वसत्तावादी शासन प्रणालीमा रुपान्तरण भएको याद गरेन चीफले भने। नारिश्किनका अनुसार पश्चिमले वैचारिक दृष्टिकोण राख्नु भनेको सोभियत संघको पछिल्लो इतिहासको केही हदसम्म स्मरण गराउँछ, किनकि यसले विदेशमा प्रोजेक्ट गर्न खोज्ने मूल्यहरूमा समेत विश्वास गर्दैन।

यद्यपि यस महिनाको सुरुमा स्विजरल्याण्डमा भएको यूएस रूस शिखर सम्मेलनलाई सम्भावित मोडको रूपमा औंल्याए। उनले भने कि पश्चिमीले जेनेभाको भावनालाई अझ सुरक्षित र सुन्दर संसार निर्माण गर्न उपयोग गर्न सक्नेछन भन्नेमा आशावादी रहेको उनले बताए । नारिश्किनले भने, पश्चिमले संसारलाई प्रजातान्त्रिक र निरंकुश वर्गमा विभाजन गर्ने कोशिश गरिरहेको छ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?