११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

५ करोड हिनामिनाको आरोपमा राप्ती गाउँपालिकाका अध्यक्षसहित २५ जनाविरुद्ध मुद्दा दायर



दाङ : राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरुद्ध ५ करोड बढी सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता भएको छ । राप्ती गाउँपालिका ८गरेको हो । मुद्दा दर्तापछि सहकारीका चार कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् । सहकारीका ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी, लेखापाल ३७ वर्षीय विकाश न्यौपाने, सहलेखापाल २९ वर्षीय विक्रम राना र उनकी २७ वर्षीया श्रीमती उषा रानाथापा पक्राउ परेका छन् । सहलेखापाल रानाले रकम हिनामिना गर्ने कार्यमा मुख्य भूमिका खेलेको र श्रीमतीको समेत त्यसमा मिलेमतो भएको आशंकामा उषालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दाङ जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले पक्राउ परेकाहरूको बयान बुधबारदेखि सुरु भएको र बिहीबारदेखि अन्यको बयान सुरु भएको जानकारी दिए । बयान सकिनासाथ थुनछेक बहस सुरु हुने अदालतका श्रेस्तेदारसमेत रहेका गिरीले जानकारी दिए । सहकारी संस्थामा आबद्ध राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनालाई प्रहरीले फरारको सूचीमा राखेको छ ।

सुवेदी सहकारीका लेखा सुपरिवेक्षण समितिमा आबद्ध छन् । संस्था स्थापनाका क्रममा २०७१ सालदेखि सुवेदी सुपरिवेक्षण समितिमा रहँदै आएको भए पनि केही वर्ष पहिले मात्रै चारवटा सहकारी मर्ज गरेर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो । संस्थापकको नाताले नाम रहे पनि पछिल्लो समय अध्यक्ष सुवेदीको सहकारीका गतिविधिमा प्रत्यक्षरूपमा संलग्नता नदिएको अनुसन्धान अधिकारीले जनाएका छन् । फरारहरूको हकमा अदालतले छिट्टै पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रतिवादीहरू आफैं हाजिर हुन नआए प्रहरीले पक्राउ गरेर ल्याउने छ ।

लेखापाललगायतका केही कर्मचारीहरुको मिलेमतोमा अनियमितता भएको हुँदा सहकारीका पदाधिकारी लगायत सबैलाई विपक्षी बनाई मुद्दा परेको भन्ने कुरा आफूले सुनेको सुवेदीले बताए । बिहीबारको गाउँ परिषदको बैठकमा दिनभर बसेको र अदालतले केही खबर नगरेको उनले बताए । अदालतले बोलाउनासाथ आफू उपस्थित हुने र अनुसन्धानमा सघाउने बताउँदै उनले बदमासी जसले गरेको भएपनि संस्थापकको नाताले उपस्थित भएर दोषीलाई कानुनी कठघरामा उभ्याउन सघाउने उनको प्रतिवद्धता छ ।


प्रतिक्रिया दिनुहोस !