Wednesday, March 19, 2025

ट्रेन्डिङ :

दुहूँ गाउपालिकाले एमबीबीएस अध्ययनका लागि ५० प्रतिशत खर्च बेहोर्ने

spot_img
spot_img

दार्चुला : दार्चुलाको दुहँ गाउँपालिकाले एमबीबीएस पढ्न चाहने विद्यार्थीलाई ५० प्रतिशत सहयोग गर्ने भएको छ । सामुदायिक विद्यालयबाट एसईई पास गरि एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल भए गाउँपालिकामा एकजना विद्यार्थीलाई अध्ययनको ५० प्रतिशत पढाई खर्च पालिकाले मापदण्ड तयार गरी उपलब्ध गराउने आर्थिक वर्ष २०७८/७९ को बजेटमा व्यवस्था गरिएको छ ।

दुहू गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि कुल बजेट छतीस करोड बत्तिस लाख ७६ हजार रकम विनियोजन गरेको छ । त्यस्तै गाँउपालिका अध्यक्ष सडक निर्माण कार्यक्रम अन्तर्गत जोशी गाँउ फारा सडक तथा सामरिक एवं धार्मिक प्रयटकीय महत्वको हिकिला सिद्धटोपी सडकलाई प्राथमिकतामा राख्दै थप सडकहरुको निर्माण कार्य समेत अगाडी बढाइने बजेटमा उल्लेख छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?