२० जेष्ठ २०८०, शनिबार
 |   Sat Jun 3 2023
Logo

जेष्ठ नागरिकलाई असार २२ गतेदेखि कोरोनाविरुद्ध भेरोसेलको दोस्रो डोज खोप



काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि दिने भएको छ ।

भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत दोस्रो डोज दिइने भएको हो ।

भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

डा.गौतमका अनुसार भेरोसेलको पहिलो डोज लगाएका जेष्ठ नागरिक ३ लाख ७० हजार छन् । सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय