Sunday, March 16, 2025

ट्रेन्डिङ :

होटल क्षेत्रलाई कामपाको राहत, सम्पत्ति करमा ९०% छुट, संघ भन्छ ‘सहुलियत निरन्तर होस्’

spot_img
spot_img

कोभिड-१९का कारण अतिप्रभावित होटल उद्योगलाई काठमाडौं महानगरपालिकाले सम्पत्ति करमा ९० प्रतिशत छुट दिने निर्णय गरेको छ।

होटल उद्योगको छाता संगठन होटल संघ नेपालले दिँदै आएको सुझावलाई मध्यनजर गर्दै महानगरपालिकाले राहतस्वरुप सम्पत्ति करमा भारी छुट दिएको जनाएको छ। गत वर्ष महानगरपालिकाले होटल व्यवसायीलाई सम्पत्ति करबापत बुझाउँदै आएको रकममा ७५ प्रतिशत र समयमै कर बुझाउनेलाई १० प्रतिशत गरी जम्मा ८५ प्रतिशत छुट उपलब्ध गराएको संघले जनाएको छ।

आर्थिक वर्ष २०७८/७९ का लागि महानगरपालिकाले होटलहरुले बुझाउनुपर्ने सम्पत्ति करमा ८० प्रतिशत र २०७८ पुस मसान्तसम्ममा चुक्ता गर्नेलाई थप १० प्रतिशत गरी जम्मा ९० प्रतिशत कर छुट दिएको जनाइएको छ।

कोभिड-१९ को महामारीले थलिएको होटल तथा पर्यटन उद्योग सुधारको लयमा फर्कन अझै ५ वर्ष लाग्ने विज्ञहरुले प्रक्षेपण गर्दै आएका छन्।

महानगरपालिकाले दिएको सहुलियतलाई पर्यटन उद्योगको अवस्था राम्रो नभएसम्म निरन्तरता दिइनुपर्ने संघले जनाएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?