७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

सीताराम हाछेथुलाई ललितपुर महानगरको नगर प्रहरी प्रमुख नियुक्त गरेको निहुमा बजेट आएन



काठमाडौं-  ललितपुर महानगरपालिकामा आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्ने बेलामा विपक्षी गठबन्धनले असहयोगको नीति लिएपछि अहिलेसम्म बजेट आउन सकेको छैन ।

संविधानमा व्यवस्था भएअनुसार गत बिहीबार अर्थात् असार १० गतेभित्र स्थानीय तहहरूले आर्थिक वर्षको बजेट ल्याउनुपर्ने प्रावधान छ । सोही व्यवस्था बमोजिम अन्य स्थानीय तह जस्तै ललितपुर महानगरपालिकाले पनि सोही दिन बजेट सार्वजनिक गर्नुपर्ने थियो । तर ललितपुर महानगरपालिकाले बजेट ल्याउन सकेन ।

के कारणले महानगरले तोकिएको समयमै बजेट ल्याउन सकेन भन्ने प्रश्नमा मेयर चिरिबाबू महर्जन भन्नु हुन्छ, ललितपुर महानागरकै महत्त्वपूर्ण कार्यक्रमअन्तर्गत ललितपुर महानगरपालिकाभित्र पर्ने चक्रपथ क्षेत्रमा स्मार्ट स्ट्रिट लाइटको योजना बनाएको छ । जसमा महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत योगदान रहने गरी समझदारीमा सडक फुटपाथमा लाइट जडान गर्ने योजना बनाएको भए पनि विपक्षीहरुले यस योजनालाई पटक्कै मन पराएका छैनन्  । मयेर महर्जनको भनाई छ अहिले नै सहमति नगरी बजेट निकासा हुन सक्दैन । त्यसमा मैले विद्युत् प्राधिकरणसँग सहमति गरेँ । तर यो कुरा मेरा विपक्षीहरूलाई सह्य भएन ।

अर्को विषय भनेको कोभिड–१९ रोकथाम तथा उपचारमा महानगरले स्थापना गर्ने भनेको कोभिड कोषको स्थापनाको विषय हो । यसमा पनि उनीहरूले विमती जनाइरहेका छन् । त्यतिमात्रै नभएर महानगरको सुव्यवस्थाका लागि भनेर ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुलाई नगर प्रमुखको जिम्मेवारी दिँदासमेत विपक्षीहरूले विरोध जनाइरहेका छन् । त्यतिमात्रै सीताराम हाछेथुलाई किन राखेको भनि हटाउन दबाब दिइरहेका छन् भने यसैलाई कारण बनाउदै विपक्षीहरुले बजेट प्रस्तुत गर्न दिएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !