१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

एमालेका ३४ कार्यकर्ता भर्ना खारेजीको माग गर्दै काँग्रेस भातृसंगठनहरुको विरोध –याली



दार्चुला- जिल्ला हुलाक कार्यालय दार्चुलाले एमालेका ३४ जना स्थानीय कार्यकर्ताहरुलाई बिना प्रतिस्पर्धा, नियम विपरित करारमा भर्ना गरेकोले सो को खारेजीको माग गर्दै नेपाली काँग्रेसका भातृ संगठनहरुले विरोध जनाएका छन् । विज्ञापन विनै प्रक्रिया नपु¥याई कार्यालयले रातारात कर्मचारी भर्ना गरेको भन्दै नेपाल तरुण दल, नेपाल दलित संघ र नेपाल विद्यार्थी संघले विरोध जनाउदै बजार –यालीमा निकालेका हुन् । असार ४ गते जिल्ला हुलाक कार्यालयका प्रमुख पदमराज जोशीले सूचना प्रकाशित नगरी तथा प्रकृया नपुर्याइ करारमा ३४ जना कर्मचारी भर्ना गरेको भन्दै व्यापक विरोध हुँदै आइरहेको छ ।

दलित संघका अध्यक्ष सन्तोष दयालीको संयोजकत्वमा गरिएको विरोध ¥यालीमा सूचना विना भर्ना गरेका कर्मचारी खारेज गर, बन्दाबन्दी र रातारात कर्मचारी भर्ना गर्न पाइदैन, कार्यालयका कामकाजबारे छानविन गर, बेरोजगारी युवालाई न्याय दे, जस्ता नारा लगाइएका थिए । जिल्लामा बेरोजगार युवाहरुको अधिकार हनन् हुने गरी आफ्नो अमुक व्यक्ति र स्वार्थ पुर्तिको लागि भर्ना गरिएको उनीहरुको ठहर छ । उनीहरुले सांकेतिक विरोध स्वरुप जिल्ला प्रशासन अगाडी धर्ना समेत दिएका छन् । आफूहरुले राखेका मागहरु सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम गर्ने तथा कार्यालयमा तालाबन्दी गर्ने समेत उनीहरुले चेतावनी दिएका छन् । यसअघि उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।

यसैबीच प्रक्रिया नपु¥याई एकै पटक ठुलो संख्यामा कर्मचारी भर्ना गरेको विषयमा जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयलाई पाँच दिन भित्र जवाफ पेश गर्न पत्राचार गरेको छ । प्रतिनिधिसभा विघटन भई मध्यावधि निर्वाचनको घोषणा भएको अवस्थामा कानुन सम्मत कर्मचारी भर्ना गर्न मिल्ने वा नमिल्ने विषयमा समेत जवाफ माग गरेको प्रशासनले जनाएको छ ।

यस्तै विज्ञापन विनै कर्मचारी भर्ना गरेको तथा कोरोना संक्रमणका कारण जिल्लामा निषेधाज्ञा जारी रहेका बेला कुन विधि प्रक्रिया अनुसार भर्ना गरिएको हो त्यस बखतका कर्मचारी भर्ना सम्बन्धिका सम्पुर्ण कागजात सहित जिल्ला प्रशासनमा बुझाउन पत्राचार गरिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !