७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

रौतहटमा साह र यादव पक्षको बीचमा झडप, १५ जना घाईते



रौतहट । मौलापुरमा पानी निकासको विषयमा दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् । मौलापुर नगरपालिका–१ मर्यादपुरस्थित मोहाली साहको आँगनमा परेको आकाशे पानीको निकास हृदय नारायण यादवको खेतमा जम्मा भएको विषयमा झडप भएको प्रहरीले जनाएको छ । झडपमा साह पक्षका ८ जना र यादव पक्षको ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !