४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

कोभिड-१९ महामारी र पशु स्वास्थ्यकर्मीहरुको योगदान : डा. केदार कार्की



२१ सौ शताब्दीको प्रारम्भमै कोरोना भाइरसको सार्सर मर्स जस्तो संक्रमणको सामान गर्नु प¥यो, भने अहिले कोभिडसँग–१९ सँग जोडिएको छ । वर्ष २०१९ को डिसेम्बरको शुरुमा उत्पन्न भएको हालको वैश्वीक कोभिड –१९ महामारी बारे अनुमान गरिएको थियो कि यो वर्ष २०२० को गर्मीयाममा समाप्त हुने छ तर यस्तो भएन । दोश्रो पटक वर्ष २०२१ को गर्मी शुरु हुने वितिक्कै यसको आक्रमणले गति लिएको छ । अब यो अनुमान लगाउन मुश्किल छकि यसको प्रकोप कहिले खतम हुन्छ र कति मानिसलाई मृत्युको गास बनाउँछ । तर यति अवश्य थाहा छकि यो भाइरसको संक्रमणले वैश्वीक स्तरमा आर्थिक मेरुदण्ड भने अवश्य भाँचेको छ । गएको वर्ष जब सबै औद्यौगिक क्षेत्र बन्द भएका थिए । धेरै जसो मानिसहरु बेरोजगार बने । त्यति बेला कृषि एवम् पशुपालनले नै कतिपय राष्ट्रहरुको अर्थ व्यवस्था सम्हाल्न महत्वपूर्ण भूमिका निभाएको थियो । कोरोना महामारीको दोश्रो लहरमा पनि यो क्षेत्रको महत्वपूर्ण योगदान रहने छ । एवं पशु चिकित्साकर्मीहरुले पहिले जस्तै आफ्नो संपूर्ण योगदान दिनेछन् ।

नोवेल कोरोना भाइरस :
विश्वव्यापी कोभिड-१९ महामारी वर्ष २०१९ मा खोजिएको नोवेल कोरोना भाइरसको संक्रमणबाट अहिले पनि धेरै तिब्र गतिले मानिसहरुबाट मानिसहरुमा फैलिरहेको छ । यसको ७५ देखि ८० प्रतिशत जिनोम सार्स भाइरसको जिनोमको समान छ र त्यसको लक्षण उत्पन्न गर्दछ जुन कारण यस भाइरसलाई सार्स कोरोना भाइरस–२ पनि भनिन्छ । यो कोरोना भाइरस आरएनए (राइवो न्यूकिलक एसीड) भाइरसको एउटा परिवार हो । यस भाइरसको बाहिरी आवरणमाथि स्पार्क प्रोटिनको एक विशेष क्राउन जस्तो संरचना हुन्छ । जसका कारण यस समुहको भाइरसहरुलाइ कोरोना भाइरस भनिन्छ । सामान्यतया पशुहरु एवं मानिसहरुमा कोरोना भाइरसको संक्रमण सामान्य घटना मानिन्छ जसमा केही भाइरसले नोक्शान पु¥याउदैन भने केही भाइरस भने धेरै घातक हुन्छ । कोरोना भाइरसको केही उपभेद जुनेटिने हुन्छन् जस्को अर्थ यो पशु र मानिसको बीच फैलिन्छ । तर धेरै उपभेदहरु जुनोटिक हुदैनन् । साधारणतया कोविड–१९ को संक्रमण लाक्षणिक तथा अलक्षणिक कोविड–१९ सक्रमित व्यक्तिहरुसँगको प्रत्यक्ष सम्पर्कबाट हुन्छ । यो भाइरस संक्रमित व्यक्तिले खोक्दा हाछियुं गर्दा निस्किने छिटा हावामा फैलिन्छ वा कुनै निर्जिव सतह माथि खस्छ र यसको संपर्कबाट हुने संक्रमणलाई अप्रत्यक्ष संपर्क भनिन्छ । यो भाइरस नेत्रश्लेषमा एवं एयरोसोल धुलकण बाट पनि फैलिन्छ । हाछियुं अनी अनुनाशीका निर्वहनका अतिरिक्त यो भाइरस दिशामा लामो समय सम्म विसर्जीत हुन्छ ।

कोविड –१९ महामारीको स्थिति
डिसेम्वर २०१९ को प्राम्भिक दिनहरुमा चीनको हुवेइ प्रान्तमा कोरोना भाइरसको केही मामलाहरु आएका थिए । जुन धेरै शीघ्र र तीव्र गतिले विश्ववका अन्य भागमा महामारीको रुपमा फैलियो । कोभीड–१९ को महामारीको घातकताको अनुमान यस कुरा बाट लगाउन सकिन्छ कि ७ अप्रील २०२० सम्म विश्वका १२,४४,४२१ व्यक्ति संक्रमीत एवं ६८९७६ वयक्ती हरुले ज्यान गुमाए जवकि अप्रील १४, २०२१ सम्म कुल २९४४८२७० व्यक्ति मृत्युको गाँस बनि सकेका छन् । मौजुदा महामारी २०२० को गर्मीयामसम्म सकिन्छ भन्ने अनुमान थियो तर यस्तो भएन । दोश्रो पटक वर्ष २०२१ के गर्मीयाम शुरु हुने वित्तिकै यस्को संक्रमणले तीव्र गति समात्यो । यस सार्स कोवीड –१९ भाइरसमा दिगुण उप्रपरिवर्तन त्यति बेला हुन्छ जब भाइरसको दुई उत्परिवर्तित उपभेद एकसाथ मिलेर तेश्रो उपभेद बनाउछन् । जस्तो कि भारतमा ३४८४ कयु र एल ४५२ आर दुई उपेदहरुलेएक नयाँ उपभेद बनाएका छ जसलाइ अव बि.१.६१७ को रुपमा बर्गीकृत गरिएको छ ।

पुरानो सम्झना ताजा गराउँदै कोरोना

महामारीको रुपमा संक्रमणका घटनाहरु अप्रत्यासित छैनन् । विश्वले कयौँ पटक विभिन्न प्रकारका संक्रमक महामारीहरुको सामना गर्दै आएको छ । तर यति अवश्य भन्न सकिन्छ कि, यी महामारीहरुले इतिहासको पाढ्यक्रमलाई अवह्य बदलेका छन् । उदाहरणका लागी इ. पु १३४७ देखि १३५१ के पलेगेले विश्वको परिदृष्यलाई नै बदलेको थियो जसमा तत्कालीन ४५० मिलियन विश्व आवादी मध्ये लगभग १०० मिलियन अर्थात् १० करोडले ज्यान गुमाए । यदि एक शताब्दी पहिले स्वाइन फलु (१९१८-१९) को संझनाहरु तजा ग¥यौ भने त्यसमा इतिहासकै सबैभन्दा बढी मृत्यु भएको थियो । जस्मा संयुक्त राष्ट्र अमेरीका मा ०.५ मिलियन मानवीय मृत्यु सहित विश्वभरी ५० मिलियनको मृत्यु भएको थियो । यी मर्नेहरुमा केटाकेटीहरुको मर्ने संख्या लगभग आधा थियो । विश्वमा कोरोना भाइरस जुन गतिले फैलिएको छ त्यसले १९१८ को स्पेनीश फलु को सम्झना गराउँछ । स्पेनीस फलु पछिदेखि विश्वले व्यापक ज्ञान कौशल र अनुभवका आधारमा कुनै पनि प्रकारको रोकनका लागि विजय प्राप्त गरेको छ तर चौकाउने झस्कीनु पर्ने कुरा के छ भने जुन गतिले कोभिड–१९ विश्वभरका देशहरुमा फैलिएको छ यो भन्न कुनै आशंका हुन नपर्ने हो कि भविष्यको स्थिति मौजुदा फ्लुभन्दा भयावह हुनेछ ।

कोरोनाको पशुजन्य संबन्ध :
अधिकतर (७) प्र.श उपतीत  संक्रामक रोग (जस्तो कि इवोला, विका, विप्फा, इन्सेफालाइटिस) एवम् सबै जातका महामारीहरु इन्फुलुएजा सार्स, मर्स, एड्सजस्ता पशुजन्य रोग हुन् । जुन मुख्य रुपबाट बन्यजन्तुहरुबाट उत्पन्न भएका हुन् । हालांकि यस कुराको ठोस साक्ष्य छैन कि सार्स कोभिड-२ भायरसको भनेको पशु श्रोत हो तर पनि महामारी विज्ञानका अनुसार रोगवाहक पशुप्रजातीहरु सार्स कोभिड–२ भाइरसको पशुहरुबाट मानिसहरुमा संरचनाको बारेमा अनिश्चीतताहरु छन् । चीनको हुवेइ प्रान्तको वुहान शहरमा डिसेम्बर २०१९ को अन्तमा पाईएको कोभीड–१९ को प्रारम्भीक मामलाहरुको महामारी सम्बन्धी जाँचमा सामुद्रिक आहार एव जीवित पशुहरुको व्यापारको थोक बजारसँग सार्स कोभ–२ को संक्रमणको सम्बन्ध पाइएको छ । यद्धपी प्रत्यक्ष पशु नमुनाहरुमा भाइरसको गैर मौजुदगीले यस स्थानमा कुनै पनि पशु संग्राहकको सही पहिचान गर्न मुश्कील बनाएको थियो । यसको अतिरिक्त पहिलो लहरमा कोभीड–१९ को ४१ मामिलाहरु मध्ये १३ वटाको बजारसँग कुनै सम्बन्ध थिएन ।

सबै भाइरस उत्परिवर्तित हुन्छन् । तिनका नँया उपभेद नियमत रुपले बन्दछन् । विभिन्न राष्ट्रहरुमा सार्सकोवी–२ को विभिन्न प्रकारका उपभेद पाइएका छन् । विश्वभरीमा अहिले सम्म ४००० भन्दा बढी उपभेद पाइएको छ । यसमा भरतमा वुथेक वैरियष्ट-वि.स. १.१.७ दक्षिण अफ्रीकी वैरिष्ट-वि. १.३५०० तथा ब्राजीलीयन वैशष्टका अतिरिक्त एन ५०१ लाई (५४४४४८४ कयू) (एल ४५२ आर) र (एन ४४० के) पनि पाएको छ । यिनको उपभेदहरु मध्येबाट युके वैरीष्टको संचारण क्षमता बढी छ । यस्तो मानिएको छकि कोवीड –१९ को दोश्रो लहरमा यी उपभेदहरुका कारण स्रक्रमण दरमा बढोत्तरी हुनुका साथ साथै यसका लक्षणहरुमा पनि भिन्नता देखिदैछ ।

पशु चिकित्सकले पनि कोभीड –१९ को लक्षण एवम् नैदानिक समस्या बुझ्नु पर्ने हुन्छ । जब मांसपेशीहरु दुख्नु, घाँटीमा खस खस हुनु, शारीरिक थकाई गन्द तथा स्वादको अभाव इत्यादि लक्षणहरु पाइन्छन् । यस रोगमा रोगीको शारीरिक स्थितिहरु अरु गम्भीर भएमा एकयुट रेस्पायरेटरी सिन्ड्रोम हुने गर्दछ । रोगीको स्थिति विग्रेमा उसको शरीरका अन्य भागहरु पनी प्रभावित हुन्छन् । वयस्कहरुमा मानसिकक स्थिति भंग हुनु, श्वास लिन परेसानी मुक्त विसर्जनमा कमी तेज हृदय गति, न्यून रक्तचाप कडा रुघा लाग्ने इत्यादी सम्मिलित छन् ।

त्यही बच्चाहरुमा तापमान तथा सेता रक्त कणिकाहरुको संख्यामा असमानता देखिन्छ । अत्याधिक गंभीर अवस्थामा वयस्कहरुमा उच्चरक्त चाप बनि रहनु अनि बच्चाहरुमा मानसिक भ्रम एव उच्च रक्तचापको लक्षण पाइन्छ । यी सबै लक्षणहरु हालको वर्ष २०२१ म उत्पन्न भएको उपभेदहरुको संक्रमणमा देखिएको छ । यसको अतिरिक्त यस वर्ष नेत्र श्लेसेध, छालामा रातो विमिरा जठर शोध पेटको खराबी, झाडा पखाला, औला र नङहरुको रङ्ग विग्रनु इत्यादी लक्षणहरु पनि पाइएको छ । पशुहरुमा सार्स कोवी–२ भाइरसका संक्रमणका लक्षण धेरै हदसम्म अपरिभाषित हुन पाल्तु पशुहरुमा अन्य कोरोना भाइरस संक्रमण सरह नै सार्स कोविड–२ संक्रमणको पनि श्वशन र जढरान्त सम्बन्धि नैदानीक लक्षण हुन सक्छ । पशुहरुमा ज्वरो खोकी सासलीन गाहो, सुस्ती आलस्यता, हाछियु आउनु नाक र आँखाबाट तरल श्राव पखाला र वान्ताका लक्षण भउमा सार्स कोवी–२ को संक्रमण हुने संभावना हुन सक्तछ ।

कोभिड–१९ संक्रमण को वैश्वीक प्रभाव :
कोभिड–१९ को संक्रमण यति तीब्र गतिले फैलिएको छकि विश्वका सबै राष्ट्रहरुले यस महामारीको नियन्त्रण गर्न लकडाउनसहित विभिन्न प्रकारका प्रतिबन्धहरु लगाए । जसका कारण जनमानसमा गहिरो प्रभाव प¥यो । जबकी कोरोनाको उत्पत्ति भएको वुहानमा ७८ दिनको लकडाउनले यसलाई नियन्त्रण गर्यो । बुहान शहरको लाकडाउनले कोभिड –१९ सँग विश्वभरीमा लड्ने विभिन्न राष्ट्रहरुको लागि एक मोडेलको रुपमा काम ग¥यो । यसै प्रकार अन्य मुलुकहरुमा लकडाउन गर्दा पनि यसमा सफलता मिल्यो । जनवरी १९, २०२० लाई विश्व स्वस्थ्य संगठनले आपतकाल घोषित गर्यो । कोरोनालाई वर्ष १९१८-१९ मा स्पेनीश फ्लुले करोडौँ मृत्युको तुलनामा कोभिड –१९ को संक्रमणका लागि लगाईएको लाकडाउनले मृतकहरुको संख्यालाइ नियन्त्रण गरेको छ । यसका साथै उद्योगधन्दा, कलकारखाना, यातायात क्षेत्रबाट हुने पर्यावरणीय प्रदुषण नियन्त्रण गरेर त्यसबाट हुने मृत्युको डरलाई पनि कम गरेको छ । वेशक पशु चिकित्सा तन्त्रलाई कम अकलन गरिदै आईएको छ । तर संसाधनहरु एव जनशक्तिको कमी हुँदा पनि पशुचिकित्साकर्मीहरुले कोभिड –१९ महामारी सँग जुद्दै पुरा निष्ठा र लगनताले आफ्नो कर्तब्य बहुउदेश्यीय कार्यकर्ताको रुपमा निर्वाह गरेका छन् । महामारीको दोश्रो लहरमा आफ्नो सेवाहरुसहित जनसाधारणको साथ उभिएका छन् । पशुहरुसँग सम्बन्धित अफवाहहरु निरुपण गर्नु पशु स्वास्थ्य कर्मीहरुको कर्तब्य हो । पशुपालकहरुको आर्थिक स्थिती सुद्धढिकरण जनहित योजनाकार्यान्वयन, नागरुपकता शिविर संचालन पशुहरुमा महामारी बेला उपचार सेवा पु¥याउने रोगी पशुहरुको उपचार अपरिहार्य छ । स्वस्थ्य पशुधन उत्पादनलाई प्रोत्साहन, शहरी क्षेत्रमा आहार व्यवस्थामा सहयोग कोविड–१९ निदानमा सहयोग, भविष्यको महामारीहरुको रोकथाम अर्थ व्यवस्थामा सहयोग मानसिक दशा सुर्धान सहयोग गर्नु पर्दछ ।

कोभिड–१९ महामारीको बेला हरेक ठाउँमा हालत यस्तो थियो कि सबै आफुलाइ नै बनाउनमा लागेका थिए र छन् पनि । अर्को तिर पशुचिकित्सा कमीहरु पशुपालकहरुको साथ काधँमा काँध मिलाएर उभिएको देखिन्छन् । जनसाधारणका लागि दुध, फूल मासुजस्ता खाद्य पदार्थहरुको आपुर्तीमा सहायोग पु¥याएका छन् एवं एकविश्व एक स्वास्थ्य परिकल्पनालाई परिपूर्ण गर्दैछन् । अन्तमा यहि भन्न सकिन्छ कि विश्वव्यापी कोभिड–१९ महामारीको युद्ध जीत्नका लागि मानव एव पशु भलाईका लागि यति भन्न सकिन्छ । आफु पनि बचौँ अरुलाई पनि बचाऔ । हामीलाई गर्व छ कि वैश्वीक कोभिड–१९ महामारीको यस संकटकालमा पशु चिकित्साकर्मीहरु पशु एवम् मानव स्वास्थ्यका लागि सदैव अग्रणी पङ्तिमा जनसाधारणका साथ उभिएका छन् । यस कठीन दौरमा अदृश्य स्वरुप काम गर्ने पशुचिकित्सा कर्मीहरुलार्य कोरोना योद्धा भन्नु गलत नहोला सवै पशुचिकित्सा चिकित्साकर्मीहरुलाई नमन ।

टरेको छैन अझै कोरोनाको वार
गरौ निष्क्रीय कोरोनाको प्रहार
लगाउनुस फेसमास्क
साबुन पानीले धुनुस हाथ बार बार
एक अर्कोबाट दुइ गज दुरी
टिका करण पनि छ जरुरी ।

लेखक डा. कार्की भेटेरीनरी जनस्वास्थ्य कार्यालयका वरिष्ठ पशु चिकित्सक हुन् ।


प्रतिक्रिया दिनुहोस !