१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मलाई सबैभन्दा दु:ख त राष्ट्रपतिसँग लागेको छ : देउवा



काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओलीका कार्यकर्ताजस्तो बनेको आरोप लगाएका छन् । संसद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा सभापति देउवाले भने, ‘राष्ट्रपतिले भन्दा बढी प्रधानमन्त्रीको कार्यकर्ता भएर काम गर्नुभयो । सबैभन्दा दु ख त मलाई राष्ट्रपतिसँग लागेको छ ।’ प्रधानमन्त्रीको दाबी गर्दै आफूले १४९ जना सांसदको हस्ताक्षर बुझाए पनि हस्ताक्षर सनाखत नगरेर राष्ट्रपतिले गल्ती गरेको उनको भनाइ छ । तर, संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ अदालत भएको भन्दै देउवाले आफूहरूको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !