Wednesday, March 19, 2025

ट्रेन्डिङ :

बहसका लागि वकीललाई छुट्टयाएको समयप्रति प्रधानन्यायाधीश राणाको असन्तुष्टि, पाँच मिनेट त जिस्क्याएझैं भयो

spot_img
spot_img

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा भइरहेको बहसमा रिट निवेदक पक्षका वकीललाई बहसका लागि छुट्टयाएको समयप्रति प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले असन्तुष्टि जनाउनुभएको छ ।आइतबार शुरु भएको बहसमा प्रधानन्यायाधीश राणाले अधिवक्ताहरुलाई विषयवस्तु आउने गरि बहस गर्न आग्रह गर्दै पाँच मिनेटमा कस्तो बहस हुन्छ भनेर प्रश्न गर्नुभएको हो ।

निवेदकको तर्फबाट बहस गर्ने अधिवक्ताहरुले छोटो समय लिए पछि प्रधानन्यायाधीश राणाले भन्नुभयो, ‘पाँच मिनेटमा त के नै आउँछ र जिस्क्याएको जस्तै भयो । अलि विषय बस्तु आउने गरी बहस गर्नु होला ।’प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिसिभा विघटनविरुद्ध संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहितका १४६ जना सांसदले हालेको रिटमाथि पक्षका तर्फबाट भइरहेको बहस आइतबार सकिँदैछ ।

तर बहस गर्नेको संख्या धेरै भएपछि कम समय विभाजन गरेर अधिवक्ताहरु इजलाशमा उपस्थित भएपछि प्रधानन्यायाधीश राणाले यस्तो बताउनुभएको हो । निवेदक पक्षलाई १२ घण्टा समय दिइएकामा जम्मा दुई घण्टा ३५ मिनेट बाँकी भएपछि छोटो छोटो बहस गर्न थालिएको हो ।निवेदक पक्षले बहस सकाएपछि आजै विपक्षी सरकारी पक्षले बहस थाल्नेछ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?