Wednesday, March 19, 2025

ट्रेन्डिङ :

बाढी प्रभावित मेलम्चीवासीलाई अमेरिकामा बस्ने नेपालीहरुको सहयोग

spot_img
spot_img

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसोवास गर्ने नेपालीहरुले मेलम्ची–इन्द्रावती बाढी प्रभावितहरुका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।थाङ्पालकोटका दिलबहादुर श्रेष्ठ र मेलम्चीका रामकृष्ण श्रेष्ठको संयोजनमा ३५ जनाबाट नेपाली रुपियाँ पाँच लाख ७७ हजार संकलन गरी पठाउनुभएको हो ।

सो रकम शनिबार रामकृष्ण श्रेष्ठकी सुपुत्री सुजता श्रेष्ठ, दिनेश श्रेष्ठ र प्रकाश अधिकारीले नगर प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गर्नुभयो । यस रकममध्येबाट रेडियो मेलम्चीलाई रु। ७७ हजार प्रदान गरिएको छ ।रकम बुझ्दै नगर प्रमुख डम्बर अर्यालले सहयोगीहरुलाई धन्यवाद दिँदै सबैको सहयोगले मात्र बाढी प्रभावितहरुलाई व्यवस्थापन गर्न सकिने हुँदा अन्य सहयोगी मनहरुलाई पनि सहयोगका लागि आह्वान गर्नुभयो ।

रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले सहयोग रकम बुझ्दै समुदायको आवाजलाई बुलन्द गर्दै आएको रेडियो आफैं समस्यामा परेको हुँदा यस किसिमको सहयोगले पुनः रेडियो सञ्चालनमा मद्दत पुग्ने बताउँदै सहयोगी मनलाई धन्यवाद प्रकट गर्नुभयो ।सहयोग हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य इन्द्रमाया गुरुङ, मेलम्ची वडा नं.११ का वडाध्यक्ष रुद्रप्रसाद दुलालको पनि उपस्थिति थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?