१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

गाडीको आडमा बालिकालाई बलात्कार गरिरहेका बेला न्युरोडबाट रिक्साचालक पक्राउ



काठमाडौँ – राजधानीको न्युरोडमा ८ वर्षीया बालिका बलात्कृत भएकी छिन्।प्रहरीले बलात्कार गरेको आरोपमा धादिङ धुनिवेशी नगरपालिका–१ घर भएका ३५ वर्षीय सूर्य तामाङलाई पक्राउ गरेको छ।

तामाङले खेलिरहेकी ती बालिकालाई धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जग्गामा लगेर बलात्कार गरिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएका थिए।महानगरीय प्रहरी वृत जनसेवाका प्रमुख डिलबहादुर मल्लले खाली जग्गामा रोकिराखेको गाडीको आडमा बालिकालाई जबर्जस्ती गरिरहेको समयमा स्थानीयले नियन्त्रणमा लिएको बताए। घटना शनिबार दिउँसो २ बजेको थियो।

‘बलात्कार गरिरहेको भन्दा प्रयास भइरहेको अवस्था रहेछ। तर घटनाको प्रकृति हेर्दा बलात्कारकै दायरामा आउने भएकाले हामीले जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेका छौँ’, डीएसपी मल्लले भने।पीडित बालिका पूर्व प्रहरी हवल्दारकी छोरी हुन्। उनको परिवार धर्मपथमै डेरा गरि बस्दै आएको छ।

प्रहरीका अनुसार तामाङले घटनाका बेला मादक पदार्थ सेवन गरेका थिए। ‘उनलाई यसअघि पनि पटकपटक पक्राउ गरि सार्वजनिक अपराधमा मुद्दा दर्ता गरेका थियौँ। तामाङ लागु ‍औषध सेवनकर्ता पनि हुन्’, मल्लले भने।


प्रतिक्रिया दिनुहोस !