७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

बुझ्छन् : पेशल आचार्य



आआफ्ना
तह र क्षेत्र छन्
सजीव
प्राणी
र वनस्पति
सबैले बुझ्छन्,

कोहीबुझेर
बुझेँ भन्छन्
कोहीबुझेर पनि
बुझेँ भन्न सक्दैनन्
जस्ले बुझेँ भनेका छन्
तिनले पनिबुझेका छैनन्
जसले बुझेका छन्
तिनले पनिबुझेँ भन्न
सकेका छैनन्
रमाइलो छ
यो बुझाइको जालो
यो बुझाइको मायावी पन,

कोहीबुझाएर
कोहीआफैँ
स्व र पर
सबैका बुझाइ हुन्छन्,

जड
अचेतन
र निर्जीवले मात्रहो नबुझ्ने
जलर, स्थलचर, उभयचर र खेचर
सबै सबैले बुझ्छन्
बुझेका छन्,

माछाले बुझ्छ
मृगले बुझ्छ
भ्यागुताले बुझ्छ
चराले बुझ्छ,

सबैकाआआफ्ना
तह र क्षेत्र हुन्छन्
सबैले बुझ्छन्
कसैलाई
केहीबुझाउनु पर्दैन ।।


प्रतिक्रिया दिनुहोस !