Sunday, March 16, 2025

ट्रेन्डिङ :

विपक्षी गठबन्धनले लेखक, नागरिक समाज र बुद्धिजीवीहरूसँग अन्तरक्रिया गर्ने

spot_img
spot_img

काठमाडौं : विपक्षी गठबन्धनका शीर्ष नेताले लेखक, नागरिक समाज तथा बुद्धिजीवीहरूसँग छलफल तथा अन्तरक्रिया गर्ने भएका छन् । यसअघि विभिन्न मिडियाका सम्पादक तथा राजनीतिक बिट हेर्ने सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका गठबन्धनका शीर्ष नेताले सोमबार लेखक, नागरिक समाज र बुद्धिजीवीहरूसँग पनि अन्तरक्रिया गर्ने भएका हुन् । उनीहरूसँगको अन्तरक्रिया सोमबार २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ७ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि विपक्षी गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी तथा संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा बहस जारी छ । साथै विपक्षी गठबन्धनले संविधान र लोकतन्त्रका बचाउन ओली प्रवृत्तिविरुद्ध राजनीतिक सङ्घर्षलाई पनि जारी राखेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?