१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

इन्दिरा गान्धीको भुमिकामा कंगना



बलिउड अभिनेत्री कंगना रनावतले फेरी नयाँ फिल्म निर्देशनको जिम्मा लिएकी छिन् । उनले यस अघि एतिहासिक कथामा आधारित फिल्म ‘मणिकर्णिका : द क्विन अफ झाँसी’ को निर्देशन गरेकी थिईन् । यसपटक उनले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको जीवनीमा आधारित फिल्म इमरजेन्सीको निर्देशन गर्ने भएकी छिन् । फिल्ममा यी अभिनेत्री भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी बन्दै छिन् ।

यो फिल्मलाई यस अघि निर्देशक साई कबीरले निर्देशन गर्ने चर्चा आएको थियो । फिल्मको निर्माण तयारी एक वर्ष अघिबाटै थालिएको हो । अब भने फिल्मको निर्माण कार्य तिब्र रुपमा अघि बढाउँदै गरेको कंगनाले बताएकी छिन् ।

कंगनाले इन्दिरा गान्धीको भेषमा आफ्नो एउटा तस्बिर खिचेर सामाजिक सञ्जालमा शेयर गर्दै नयाँ फिल्म इमरजेन्सीको बारेमा खुलाएकी छिन् । यो फिल्मको चर्चा एक वर्ष देखि नै चलेको हो । तर, अभिनेत्री कंगना रनावतले यसका निर्देशन गर्ने भनेपछि अहिलो यो फिल्मले थप चर्चा पाएको छ । कँगनाले फिल्मको तयारी सुरु भएको जानकारी गराएकी छिन् । साथै यो फिल्मलाई अब आफुले नै निर्देशन गर्ने पनि उनले दाबी गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय