१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कर्णाली प्रदेशले शहीद परिवारका बालबालिकालाई स्नातकसम्म निःशुल्क पढाउने



सुर्खेत- कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै शहीद परिवारका बालबालिकालाई निःशुल्क पढाउने भएको छ ।

मामिला तथा योजनामन्त्री गोपाल शर्माले कर्णाली प्रदेश सरकारले जनयुद्ध र प्रदेश प्राप्तिको आन्दोलनमा शहीद भएका परिवारका सन्तानलाई स्नातक तहसम्म निःशुल्क अध्ययनका लागि बजेट विनियोजन गरिएको बताए ।

प्रदेश सरकारले विद्यालयक्षेत्रको गुणस्तरीय विकासका लागि एक स्थानीय तहमा एक नमुना विद्यालय सञ्चालन गर्ने भएको छ । जसका लागि ३९ करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्री शर्माले बताए ।


प्रतिक्रिया दिनुहोस !