७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

विप्लव नेतृत्वको नेकपाले पनि बढाउँदै सक्रियता



काठमाडौं । केही महिना अघि शान्तिपूर्ण राजनीतिमा फर्किएको नेकपा विप्लवको सक्रियता बढ्दै गइरहेको छ । आफ्ना सम्झौता कार्यान्वयन गर्न ढिलाई गरेको भन्दै सरकारसँग रुष्ट बनेको नेकपा विप्लव समूहले शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटघाट गरेको छ ।

विप्लव नेकपाको तर्फबाट नेता धर्मेन्द्र बास्तोलासहित उदयबहादुर चलाउनेले प्रचण्ड र भट्टराईलाई उहाँहरुकै निवासमा छुट्टाछुट्टै भेटघाट गर्नुभएको हो ।

उहाँहरुबीच देशको समसामयीक राजनीतिक अवस्थाको बारेमा छलफल भएको बताइएको छ ।

साथै प्रचण्डसँग बास्तोलाले प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवाद लगायतका विषयमा छलफल गर्नुभएको थियो ।

सामाजिक सञ्जालमा नेकपा नेता बास्तोलाले प्रचण्डसँग खिचेको फोटो राख्दै लेख्नुभएको छ, ‘समसामयिक नेपाली राजनीति, विघटित अवस्थामा पुगेको संसदीय व्यवस्था र नेपाल कम्युनिष्ट पार्टीले समाधान दिन प्रस्ताव गरेको प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवाद लगायतका बिषयहरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सौहार्द छलफल ।’

पछिल्लो समय राजनैतिक वार्ता अघि बढाएको विप्लव नेकपाले अब आउने चुनावको समेत तयारी गरेको स्रोत बताउँछ ।


प्रतिक्रिया दिनुहोस !