Wednesday, March 19, 2025

ट्रेन्डिङ :

जीवन विकास लघुवित्तको आइपीओ १५ गुणा बढी आवेदन, आइपीओ भर्ने भोलि अन्तिम दिन

spot_img
spot_img

जीवन विकास लघुवित्तको आइपीओमा सोमबार बेलुकासम्ममा १५ गुणा बढी आवेदन परेको छ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार सोमबार बेलुका पाँच बजेसम्म कम्पनीको आइपीओमा १८ लाख ४० हजार ३७ जना आवेदकबाट २ करोड ७८ लाख २६ हजार ३५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले बिक्रीमा ल्याएको शेयरको १५.०५ गुणा धेरै हो।

लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुने छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?