१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

धर्मको आडमा लुटधन्दा, करोडौँ पर्ने जग्गा हिन्दु महासंघकै महासचिवले कब्जा गरेपछि अख्तियारमा उजुरी



काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको महासंघको नाममा रहेको जग्गा हडपेको आरोपमा विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीविरुद्ध अख्तियारमा उजुरी परेको अख्तियार छ । विश्व हिन्दु महासंघको संस्थागत सदस्य संस्था रुद्रमति युवा समूहले महासचिव भण्डारी विरुद्ध अख्तियारमा उजुरी दिएको हो । काठमाडौं जिल्ला प्रशासनमा दर्ता भएको दर्ता नम्बर ४० रहेको विश्व हिन्दु महासंघको विधान विपरीत एक व्यक्ति मात्र निर्वाचित गर्ने र अन्य पदाधिकारी तथा सदस्यहरु मनोनयन गर्दै महासंघको नाममा पदीय दुरुपयोग हुँदै आएको उजुरीमा उल्लेख छ ।

महासंघको नाममा रहेको तीन रोपनी जग्गा हराएको उजुरीमा जनाइएको छ । उजुरीमा भनिएको छ, ‘महासंघको नाममा दर्ता रहेको का।जि।गोकर्णेश्वर नगरपालिका गोकर्णमा रहेको ३ रोपनी ६ आना जग्गा मध्ये कराडौं पने ६ आना जग्गा जम्मा २३ लाखमा बिक्री गरेको र बाँकी रहेको ३ रोपनी जग्गा हराएको भनी बताइएको छ । संघ संस्था ऐन अनुसार कुनै पनि वैधानिक संस्थाले आफ्नो चल अचल सम्पत्ति बिक्री वितरण गर्न पाइँदैन । बहुमत पदाधिकारी र सदस्यहरु बिदेशमा रहेको यस महासंघलाई महासचिव अस्मिता भण्डारीले निजी कम्पनी सरह दुहुनो गाइ बनाई रहेकी छिन् । इकर्मचारीबाट । 


प्रतिक्रिया दिनुहोस !