Sunday, March 16, 2025

ट्रेन्डिङ :

नायव महान्यायाधिवक्तालाई प्रधानन्यायाधीशको प्रश्न : विश्वासको मतमा संसद्‌ छल्न मिल्छ ?

spot_img
spot_img

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसद्‌मा जानुपर्ने होइन र ? भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा मंगलबार सरकारको पक्षबाट बहस गर्न आएका नायव महान्यायाधिवक्ता पद्‌मप्रसाद पाण्डेलाई प्रधानन्यायाधीश जबराले सो प्रश्न गरेका हुन् ।

पाण्डेले बहस सुरु गर्दै विश्वासको मत पाउँने दिन, धारा ७६(३) अनुसार बस्दिन भन्ने लागेर प्रधानमन्त्रीले विश्वासको मत लिन्न भनेर राष्ट्रपतिकहाँ गएको बताएलगत्तै प्रधानन्यायाधीश जबराले सोधे,“विश्वासको मत प्राप्त गर्न र नगर्न संसद्‌मा जानुपर्ने हैन र ? तर, त्यसलाई छलेर जान मिल्छ र ?”

प्रधानन्यायाधीश जबराको यो प्रश्नपछि नायव महान्यायाधिवक्ता पाण्डेले विश्वासको मत प्राप्त नगर्ने निश्चित भएकाले संसद्‌मा नगएको जबाफ दिए ।

उनले भने,“मत पाउँदिन भनेर सरेन्डर गरेपछि फेरि संसद्‌मा जानु पर्देन, मेरो तर्क यसमा यही हो ।”

“विश्वासको मत प्राप्त नगर्ने कर्न्फम थियो । र विश्वासको मत लिन्न भन्ने प्रस्ताव संसद्‌मा पेस गर्नुपर्छ भन्ने व्यवस्था छैन । यो भएको भए पाउन र नपाउन पनि संसद्‌मा जानुपर्दथ्याे । त्यसकारण विश्वासको मत नपाउदा संसद्‌मा गइरहन पर्दैन,” पाण्डेले तर्क गरे ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?